राष्ट्रिय फलफूल विकास केन्द्रको कार्य विवरण (TOR)
आफनो विषय क्षेत्रमा प्राविधिक आधिकारिक निकायको रुपमा काम गर्ने र तत्सम्वन्धी सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरी यस केन्द्रको कार्य विवरण देहाय वमोजिम छ । 

  1. फलफूल, चिया तथा कफी र पुष्प बालीको विकास, विस्तार र प्रवद्र्धन गर्ने
  2. फलफूल बाली प्रवद्र्धनको क्षेत्रमा देशको केन्द्रीय सम्पर्क विन्दु (focal point) को रुपमा कार्य गर्ने ।
  3. अन्तरगतका फार्मरकेन्द्रहरुलाई  आवश्यक नीतिगत तथा कार्यक्रमगत निर्देशन र पृष्ठपोषण ।
  4.  फलफूल बाली बस्तुको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम जस्तै, मिशन कार्यक्रम तर्जुमा तथा संचालन ।
  5.  फलफूल विकास सम्बन्धित समस्या पहिचान र समस्या समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव ।
  6. अन्तरगतका फार्म केन्द्रहरुमा नविनतम् प्रविधि प्रदर्शन तथा प्रसारणको व्यवस्था सम्बन्धी कार्य ।
  7.  फलफूल विकास सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि अनुसन्धान तथा विकास सम्बन्धी संस्थाहरु सँग समन्वय एवं सहकार्य गर्ने
  8.  फलफूलहरुको प्रसारण सामग्री उत्पादन तथा वितरणमा समन्वयको व्यवस्था ।
  9. फलफूल सम्बन्धी विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  10. फार्म केन्द्र व्यवस्थापनका लागि कृषि विभागलाई आवश्यक परामर्श उपलव्ध गराउने ।
  11. नेपाल सरकारले तोकेको फलफूल विकास सम्वन्धी अन्य कार्यहरु ।